धादिङ । खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नेता राजु पाख्रिनले उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी उहाँले गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उत्तरी धादिङको खनियाबास गाउँपालिकाको आर्थिक, सामाजिक तथा भौतिक पुर्बधारको विकास र समृद्धिका लागि पालिका अध्यक्षका लागि उम्मेदवारी दिएको याम्बु टाइम्सलाई बताउनु भएको छ ।
लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल तथा गाउँपालिकामा प्रभावशाली नेताको रुपमा स्थापित पाख्रिनले उम्मेदवारी घोषणासँगै जनताकालागी जितेर ठोस काम गर्ने बताउनु भयो ।