याम्बु । तामाङ भाषाको प्रेम गीत ‘माया ल कसम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विशाल काल्तानको शब्द र संगीत रहेको छ । सो गीतमा काल्तान र जितु लोप्चनको आवाज रहेको छ ।
भिडियोमा नायक अमिर दोङ र मोडल मिङमार लामाको अभिनय हेर्न सकिन्छ । अमिर दोङले नै भिडियो निर्देशन गरेका हुन् । दिपेश प्रधानका मिक्सिङ, उर्गेन दोङका एरेन्ज, सुमन लामाको छायांकन र रोनिश तामाङले ड्रोनद्वारा खिचिएको छ ।