अजय सिङ्तानको ‘मेरो डम्फु’ ल्होछार गीत सार्वजनिक

.

सिर्जना पाख्रिन
सितोरियो कराँतेका प्रशिक्षक अजय सिङ्तान लामाले ल्होछार गीत ‘मेरो डम्फु’ सार्वजनिक गरेका छन । एक औपचारिक कार्यक्रमको साथ सो गीत सार्वजनिक गरेका हुन् ।

काभ्रे पाँचखाल नगरपालिका ८ निवासी लामाको स्वरमा रहेको उक्त गीत ल्होछार प्रेमीहरुको लागि नयाँ कोसेली हुने अपेक्षा लिएको छ । गीतको अडियो सार्वजनिक गरेका उनले केही समय पछि म्युजिक भिडीयो ल्याउने बताए ।

New Tamang Lhochhar Song II MERO DAMPHU II By Ajay Singtan II Ft. Chandra Kumar Dong & Kumar Syangba – YouTube

कार्यक्रममा सेलो सम्राट चन्द्र कुमार दोङले ल्होछारको विषयमा सो गीतले यो वा त्यो नभनि एकरुपता ल्याउन खोजेको बताए ।
सोनाम र ग्याल्पो ल्होछार नभनी ल्होछारलाई मात्र केन्द्रविन्दुमा राखेर नयाँ गीत आएको उनको बुझाई थियो ।

गीतमा सेलो सम्राट चन्द्रकुमार दोङको संगीत र संगीत संयोजन शब्द कुमार स्याङ्बाको रहेको छ । डम्फु मिडियाको युट्युब च्यानलबाट उक्त गीतको अडियो सार्वजनिक गरेका हुन् । साथै, मिक्सिङ गोविन्द सोनिले गरेका छन् ।

सितोरियो कराँतेका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका लामा शंखपार्क तथा बालमन्दिर डोजोका प्रमुख प्रशिक्षक हुन् । उनले ४० अनाथ बालबालिकाहरुलाई निःशुल्क कराँते प्रशिक्षण समेत दिँदै आएका छन् ।

लामाद्वारा प्रशिक्षित ३ जनाले ब्ल्याकबेल्ट पाउन सफल भएका छन । खेल जीवनमा संगीतको प्रभाव उत्तिकै भएका कारण कला क्षेत्र आफूलाई मन पर्ने उनको भनाइ थियो । उनले यस अघि नै “हामी खेलाडी” गीत ल्याइसकेका छन् । संगीत आफ्नो रुचि भएको र खेल व्यवसायीक जीवन भएको उनको दावी छ ।

Video Biography :Tulku Karma Wanju Tamang . #औतारी. #टुल्कु_कर्म_वाङजु . – YouTube

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार